बैशाख २५, २०८१, मंगलबार
               

लद्दाख भिडन्तमा नेपाली गोर्खा सैनिक सुरक्षित

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । लद्दाखको पूर्वी क्षेत्रमा रहेको चीन–भारतको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र र चिनियाँ सेनाबीच भएको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको छ ।

ज्यान गुमाउने २० जनामा भारतीय सेनाको गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत कोही पनि नेपाली नरहेको बताइएको छ ।

सोमबार राति भएको भिडन्तमा भारतीय सेनाका एक कमाण्डर र १९ जवानको ज्यान गएको हो । ज्यान गुमाउनेहरु १६–बिहार रेजिमेन्टका सैनिक रहेको जनाइएको छ ।

भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको हो ।

ठूलो संख्यामा नेपालीहरु भारतीय सेनामा कार्यरत छन् ।  

तर सोमबार राति भएको भिडन्तमा गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत नेपालीहरु नरहेको जनाइएको हो ।


कस्तो लाग्यो ?

यो पनि