जेठ ०६, २०८१, आइतबार
               

चीन–भारत सीमा भिड्न्तबारे चीनले सार्वजनिक गर्‍यो आफ्नो धारणा

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले भारत–चीन सीमामा दुई देशका सेनाबीच भएको भिडन्तबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । 

सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमार्फत चीनले सो धारणा सार्वजनिक गरेको हो । 

सो ट्विटमा तीन भारतीय सैनिकको मृत्यु भएको बताइएको छ । तर, चीनतर्फ के कति क्षति भयो भनी जनाइएको छैन ।  

चिनियाँ विदेश  मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेपछि सो भिडन्त भएको बताएका छन् । 

भारततर्फ तीन सैनिकको मृत्यु भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । तर, मन्त्रीले पनि चीनतर्फ कस्तो क्षति भयो भन्ने कुरा भने खुलाएका छैनन् । 

‘भारतीय सैनिकहरुले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लंघन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनियाँ सैनिकमाथि उत्तेजक हमला गरे,’ ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उद्धृत गर्दै ट्विटमा लेखेको छ, ‘परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो ।’

विगतमा चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकहरुलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको थियो । 

यो पनि