जेठ ०६, २०८१, आइतबार
               

नेपाल - भारतबीचको सीमाको भ्रमलाई वार्ताबाटै सुल्झाउँछौँ : भारतीय रक्षामन्त्री

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच सीमाबारे उत्पन्न समस्या वार्ताबाटै समाधान गरिने बताएका छन् ।

सिंहले लिपुलेकमा भारतले सडक निर्माण गरेका कारण उत्पन्न समस्याको समाधान दुई पक्ष मिलेर वार्ताको माध्यमबाट निकाल्ने बताएका हुन् । उनले भने, "सडक बनेका कारण यदि नेपाली पक्षमा कुनै भ्रम पैदा भएको छ भने त्यसको समाधान दुवै पक्ष मिलेर वार्ताबाट खोज्नेछौँ ।"

सोमबार भारतीय जनता पार्टीको डिजिटल र्‍यालीमा सम्बोधन गर्दै रक्षामन्त्री सिंहले धार्चुलाबाट मानसरोबर जान लिपुलेकमा बनाइएको सडक भारतीय सीमाभित्रै पर्ने बताए ।

नेपालले कालापानी-लिपुलेक-लिम्पियाधुरालाई समेट्दै नयाँ नक्शा जारी गरेर परिवर्तित नक्शा निशान छापमा राख्न संविधान संशोधन गरेपछि कुनै पनि भारतीय उच्च अधिकारीबाट आएको यो पहिलो प्रतिक्रिया हो । यसअघि ३१ जेठमा नेपालको प्रतिनिधिसभाबाट संविधान (दोस्रो) संशाेधन विधेयक पारित भएपछि भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको थियो । उसले वार्ता गर्ने समझदारी उल्लंघन भएको बताएको थियो ।

नयाँ नक्शा परिवर्तन सम्बन्धी संविधान संशोधन विधेयक पारित भएको ख्याल गरेको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताएका थिए, "यस्तो बनावटी विस्तारको कुनै ऐतिहासिक तथ्य र आधारहरू छैनन्, न त यस्तो हुने सम्भावना नै छ । साथै यसले हाम्रो सीमा विवाद सम्बन्धी तत्काल वार्ता गर्नका लागि बनेको समझदारीको पनि उल्लंघन गरेको छ ।"


कस्तो लाग्यो ?

यो पनि