बैशाख २४, २०८१, सोमबार
               

दक्षिण कोरियालाई किम जोङकी बहिनीको यस्तो धम्की

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले दक्षिण कोरियाविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी दिएकी छिन् । 

उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको भन्दै किम यो जोङले यस्तो चेतावनी दिएकी हुन् । दक्षिण कोरियाले यस्तो काम बन्द नगरे उत्तर कोरियाले सैनिक कारबाही गर्ने उनले बताइन् । 

उनले सर्वोच्च नेता, पार्टी र सरकारबाट आफूलाई मिलेको अधिकार प्रयोग गर्दै सेनालाई कारबाही गर्ने बताएकी हुन्। सैन्य कारबाहीबारे आधिकारिक फैसला सेना प्रमुखले गर्ने उनले बताइन् । 

पर्चा र बेलुन 

गत जुनदेखि उत्तर कोरियामा दक्षिण कोरियाली सीमाबाट पर्चासहितका पाँच लाख बेलुन उडाइएको छ । उक्त पर्चामा उत्तर कोरियाका तर्फबाट हुने परमाणु हमलाको आलोचना गरिएको छ । 

त्यस्तै, उत्तर कोरियामा भएको मानअधिकार हननबारे पनि प्रश्न उठाइएको छ । उत्तर कोरियाले यसबारे यसअघि पनि आपत्ति जनाइसकेको छ । 

यता, दक्षिण कोरियाले पनि बेलुन उडाउनेविरुद्ध कारबाही गरिने र यो क्रम बन्द हुने जनाएको थियो । तर, बेलुन पठाउने काम अझै रोकिएको छैन । 

दुई कोरियाली देशबीच पछिल्लो समय विवाद बढ्दो छ । 

यसैबीच, उत्तर कोरियाले मंगलबार दक्षिण कोरियासँग सबै प्रकारले सम्पर्क बन्द गर्ने घोषणा गरेको थियो । 

यो पनि