गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ ।
संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् ।
अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ ।
अहिलेसम्म एनआरएन र विदेशस्थित नेपाली दूतावासको समन्वयमा म्यानमाबाट २६, खाडी मुलुक दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी ५११ जनाको उद्धार गरिएको छ ।