जेठ ०५, २०८१, शनिबार
               

नेपाल–भारत सीमा विवाद वार्ताद्वारा समाधान गर्न कंग्रेस आईको सुझाव

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

भारतको विपक्षी पार्टी कंग्रेस आईले भारत सरकारलाई नेपाल-भारत सीमाको समाधान वार्ताबाट खोज्न सुझाव दिएको छ ।

कंग्रेस आईले विज्ञप्ति जारी गर्दै भारतीय सरकारलाई यस्ते सुझाव दिएको हो । 

कांग्रेस आईले सीमा विवाद सबैको साझा मुद्दा भएको भन्दै सोबारे जानकारी सबै राजनीतिक पर्टीलाई दिन पनि भारत सरकारसँग माग गरेको छ । 

कंग्रेस आईले भनेको छ, ‘संसदीय प्रजातन्त्रको मर्मअनुसार राजनीतिक पार्टीका नेतालाई यसबारे जानकारी दिन र राष्ट्रलाई विश्वासमा लिन कंग्रेस पार्टी सरकारसँग माग गर्दछ ।’ 

भारतीय विपक्षी कंग्रेस आईले भारत र नेपालबीच ऐतिहासिक र समय–समयमा परीक्षित आपसी सम्मान, विश्वास र मित्रतापूर्ण सम्बन्ध रहिआएकाले सीमा विवाद वार्ता र संवादमार्फत तटस्थ भएर समाधान गर्नुपर्ने बताएको छ । 

वर्तमान समस्याको समाधान पनि कूटनीतिक र वार्तामार्फत नै गर्न सकिन्छ भन्ने कंग्रेसको बुझाइ छ,’ सो विज्ञप्तिमा भनिएको छ । 

साथै, भारतीय कंग्रेस आईले नेपाल र भारतबीचका विवाद तथा मतभेद वार्तामार्फत समाधान गर्न माग गरेको छ । 

‘यो दुखद् छ कि वर्तमान तनाव त्यस्तो अवस्थामा पुगेको छ, जसले मैत्रीपूर्ण सम्बन्ध बिगार्छ । यसलाई तत्कालै सम्बोधन गर्नुपर्छ,’ सो विज्ञप्तिमा भनिएको छ ।

नेपालले केही दिनअघि मात्र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको छ । 

निकै लामो समयदेखि नेपालले सीमा विवाद सुल्झाउन पहल गरे पनि भारतले त्यसलाई बेवास्था गर्दै आइरहेको छ । 

नेपालकै अगुवाइमा इपीजीको गठन गरी त्यसले तयार पारेको प्रतिवेदन भारतीय सरकारलाई बुझाएको दुई वर्ष भए पनि  सो प्रतिवेदन अहिलेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझेका छैनन् । 

बरु उल्टै, सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले ‘नयाँ नक्सा जारी गर्दाको परिणामबारे नेपालले सोच्नुपर्ने भन्दै नेपाललाई चेतावनी दिएका छन् । 

यो पनि