जेठ ०९, २०८१, बुधबार
               

जब सोनालीले एक व्यक्तिलाई चप्पलले कुटिरहिन् (भिडियो)

एजेन्सी
जेठ २४, २०७७

ADVERTISEMENT

हरियाणा भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटको एउटा भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

भिडियोमा उनी एक व्यक्तिलाई चप्पलले कुटिरहेकी छिन् । टिकटक स्टार सोनाली फोगाटले गत वर्ष राजनीतिमा कदम राखेकी थिइन् र बिजेपीमा प्रवेश गरेकी थिइन् ।

उनले हरियाणा विधानसभा चुनावमा आदमपुर सीटबाट कांग्रेस कुलदीप विश्नोईविरुद्ध चुनाव लडेकी थिइन् । यद्यपि, चुनावी मैदानमा उनी विश्नोईसँग पराजित भइन् । 

भिडियोमा सोनालीको पिटाई खाने व्यक्ति हिसार मार्केट कमिटीका सचिव हुन् । सोनाली किसानका केही समस्या लिएर उनलाई भेट्न गएकी थिइन् ।

कुराकानीको क्रममा सोनाली र ती व्यक्तिबीच बहस भयो त्यसपछि उनले चप्पलले कुट्न थालिन् ।

सोनाली फोगाट विधानसभा चुनावताका पनि चर्चामा आएकी थिइन् । त्यस समयमा पनि उनी थुप्रै विषयमा विवादित बनेकी थिइन् ।

ती व्यक्तिले आफूले अह्राएजति सबै काम गरिरहेको भनेर सोनालीलाई बताएको पनि भिडियोमा सुन्न सकिन्छ ।

आफूमाथि दुर्व्यवहारपूर्ण तरिकाले बोलेको भन्दै सोनालीले रिस पोखेको भिडियोमा देख्न सकिन्छ ।

यसैबीच, त्यहाँ एक प्रहरी अधिकारी पनि उभिएको देख्न सकिन्छ जसले सोनालीलाई एकपटक पनि रोक्ने कोसिस गरेका छैनन् ।

भारतीय सञ्चारमाध्यम हिस्दुस्तान टाइम्सले युट्युबमा उक्त भिडियो अपलोड गरेको छ ।

कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले भिडियो ट्विट गर्दै मनोहर लाल खट्टर सरकारमाथि आरोप लगाएका छन् ।

उनले सोधेका छन्, ‘के हरियाणाका कर्मचारी बिजेपी नेतामार्फत् अपमानित हुन र थप्पड–चप्पल खानका लागि हुन् ? के हरियाणाका कर्मचारी भाजपाका नोकर हुन् ? के कर्मचारी जनावर हुन् ? कारवाही कहिले गर्नेछौ ?’


कस्तो लाग्यो ?

यो पनि