जेठ ०९, २०८१, बुधबार
               

अमेरिकामा महात्मा गान्धीको सालिक तोडफोड

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

अमेरिकास्थित भारतीय दूतावासअगाडि रहेको महात्मा गान्धीको शालिकमा तोडफोड भएको छ ।अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि सुरु भएको आन्दोलनका क्रममा सालिक तोडफोड भएको हो ।

शालिकमा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ । गत मे महिनाको २५ मा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो ।

अश्वेत ती व्यक्तिलाई श्वेत अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ । हत्याको घटना प्रष्ट हुने भिडियो समेत सार्वजनिक भएको छ । भिडियो नै सार्वजनिक भएको र सर्वत्र दबाबपछि दोषी देखिएका प्रहरीलाई सरकारले सेवाबाट बर्खास्त गरेर कानुनी कारबाही प्रक्रिया सुरु गरिसकेको छ ।

तैपनि आन्दोलन अझै रोकिएको छैन भने जनधनको समेत ठूलो क्षति भएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशका तीन दर्जनभन्दा बढी सहरमा कर्फ्युसमेत लगाउनु परेको छ ।

आन्दोलन भएको एक हप्ताभन्दा बढी भइसकेको छ । गान्धीको शालिकमाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ । तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरूलाई जानकारी गराएको छ ।


कस्तो लाग्यो ?

यो पनि