जेठ ०८, २०८१, मंगलबार
               

सार्क राष्ट्रमा कुन देश कति प्रभावित

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाली राष्ट्रहरु नराम्रोसँग प्रभावित बनेका छन् । नियमित रुपमा उकालो लागिरहेको कोरोना भाइरसबाट दक्षिण एसियाका आठ देशमध्ये कुन देशमा कति छन् संक्रमित, मृत्यु र लिको हुनेको संख्या हेर्नुस् सूचीसहित ।

भारत : दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएकाे छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजारभन्दा बढी छ भने ६ हजार ३ सय ६७ जनाकाे कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

पाकिस्तान : पाकिस्तानमा कोरोना संक्रमितको संख्या झण्डै ९० हजार पुगेको छ भने १ हजार ८ सय ३८ जनाले ज्यान गुमाएका छन् । बंगलादेशको अवस्था पनि डरलाग्दो छ। अहिलेसम्म बंगलादेशमा ६० हजारभन्दा बढी कोरोना संक्रमित बनेका छन् भने ८ सय ११ जनाको मृत्यु भएको छ।

अफगानिस्तान : अफगानिस्तानमा कोरोना संक्रमितको संख्या झण्डै १९ हजार पुगको छ भने ३ सय ९ जनाले ज्यान गुमाएका छन्।

नेपाल : दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुककाे सूचीमा नेपाल रहेकाे छ । हालसम्म नेपालमा २ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

माल्दिभ्स :  माल्दिभ्समा अहिलेसम्म १८ सय ७२ जनामा कोरोना देखिदा ७ जनाको मृत्यु भएको छ ।

श्रीलंका : श्रीलंकामा १७ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाएका छन् ।

भुटान :  दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएकाे छ। हालसम्म भुटानमा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हेर्नुस् सार्क देशको विवरण

क्रम संख्या देश संक्रमित मृत्यु निको
भारत
India
२,२७,७३ ६,३६७ १,०९,४६२
पाकिस्तान
Pakistan
८९,२४९ १,८३८ ३१,१९८
बंगलादेश
Bangladesh
६०,३९१ ८११ १२,८०४
अफगानिस्तान
Afghanistan
१८,९६९ ३०९ १,७६२
नेपाल
Nepal
२,६३४ ११ २९०
माल्दिभ्स
Maldives
१,८७२ ६४८
श्रीलंका
Sri Lanka
१,७९७ ११ ८५८
भुटान
Bhutan
४८ ११

कस्तो लाग्यो ?

यो पनि