जेठ ०८, २०८१, मंगलबार
               

दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु

एजेन्सी
जेठ २३, २०७७

ADVERTISEMENT

भारतको उत्तर प्रदेशस्थित प्रतापगढमा ट्रक र स्कार्पियो आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ । 

प्रतापगढ जिल्लाको वाजिदपुरमा शुक्रबार बिहान भएको दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएकोछ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाँच पुरुष, ३ महिला र एक बच्चा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्कार्पियोमा १० जना सवार थिए । उनीहरु हरियाणाबाट बिहार जाँदै थिए । उनीहरु सबै बिहारस्थित भोजपुरका हुन् ।


कस्तो लाग्यो ?

यो पनि