बैशाख २२, २०८१, शनिबार
               

नरेन्द्र मोदीलाई ट्रम्पको कल, चीनलाई जवाफ दिने तयारी

एजेन्सी
जेठ २१, २०७७

ADVERTISEMENT

चीनसँगको तनाव जारी रहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ ।

मंगलबार भएको टेलिफोन वार्तामा ट्रम्पले मोदीलाई जी-7 सम्मेलनको लागि निमन्त्रणा दिएको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले भारतलाई पनि जी-7 मा सहभागी गराउने इच्छा देखाएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।

दुई नेताबीच कोरोना भाइरसको महामारी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सुधार तथा जी-7 सम्मेलनलाई लिएर कुराकानी भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भारत-चीनबीच जारी विवादको विषयमा समेत कुराकानी भएको बताइएको छ ।ट्रम्पले हालै भारत चीन विवादमा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए ।

मोदीले बताएका छन् कि, कोरोनापछिको समयमा यस प्रकारको मजबुद संगठन (जी-7) को आवश्यकता छ । सम्मेलनको सफलताको लागि अमेरिका तथा अन्य देशसँग मिलेर काम गर्न पाउनु प्रसन्नताको विषय रहेको मोदीले बताएका छन् ।

यसैबीच, प्रधानमन्त्री मोदीले अमेरिकामा जारी हिंसालाई लिएर चिन्ता व्यक्त गर्नुका साथै स्थिति छिट्टै ठीक हुने कामना गरेका छन् ।

यो पनि