बैशाख २२, २०८१, शनिबार
               

किन बनाइयो यति ठूला साइजको जुत्ता ?

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

तपाईँ माथिको तस्विरमा देखिएको जुत्ता हेरेर अचम्म परिरहनुभएको होला । तपाईँले सोच्नुभएको होला, यत्रो ठूलो साइजको जुत्ता किन र कसका लागि बनाइएको होला ? 

ग्रिगोरे लुप रोमानियामा जुत्ता बनाउँछन्। कोरोना भाइरसको प्रकोपपछि त्यहाँ दुई महिना लकडाउन लागू गरियो।

गत महिनामात्र त्यहाँ लकडाउन खुला गरिएको छ। यद्यपी त्यहाँ व्यक्ति-व्यक्तिबीचको (सामाजिक) दूरीको नियम कायम गर्न भने भनिएको छ।

कोरोना संक्रमितको नजिक रहँदा कोरोना सर्ने त्रास हुन्छ। डब्लूएचओका अनुसार कोरोना प्रकोपका बेला मानिसले व्यक्ति व्यक्तिबीचको शारीरिक दुरी साढे एक देखि २ मिटरसम्म कायम गर्नुपर्छ। यसरी कोरोना संक्रमण हुने खतरा रहँदैन।

तर मानिसहरुले शारीरिक दूरीको नियम पालना नगरेको देखेपछि ग्रिगोरे लुपले साइज ७५ को जुत्ता बनाएका छन्।

यो जुत्ताको लम्बाई सामान्यभन्दा निकै लामो छ। मानिसहरुले शारीरिक दूरीको नियम पालना गरुन भनेर यस साइजको जुत्ता बनाएको उनले बताए।

यस जुत्ता लगाएपछि मानिसहरु टाढा–टाढै बस्ने उनको विश्वास छ। 

-एजेन्सी


कस्तो लाग्यो ?

यो पनि