बैशाख २१, २०८१, शुक्रबार
               

काश्मिरमा अर्का आतंककारी पनि मारिए: भारतीय प्रहरी

एजेन्सी
जेठ २०, २०७७

ADVERTISEMENT

भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ ।

काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ । 

काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ । उक्त प्रहरी कार्यालयका अनुसार सो क्षेत्रमा प्रहरीको कारबाही भने जारी रहेको छ ।  

यसअघि सोमबार मात्र पनि भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा तीन जना आतंककारी मारिएका भारतीय सेनाले जानकारी दिएको थियो ।

त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि