बैशाख २२, २०८१, शनिबार
               

कोरोना महामारीकैबीच कंगोमा भेटियो इबोलाका नयाँ संक्रमित

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना महामारीकैबीच कंगोमा भेटिएको छ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित भेटिएको हो । त्यहाँ हालै जुन स्थानमा उक्त रोग फैलिएको थियो । डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा रहेको छ ।

स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोले पश्चिमी शहर म्बानडाकामा भाइरसका कारण चारजनाको मृत्यु र दुई संक्रमित भएको जानकारी दिए । पाँचौँ व्यक्तिको सोमबार मृत्यु भएको युनिसेफले जानकार दिएको छ । उनले प्रभावित क्षेत्रका लागि डाक्टर र औषधी पठाइएको जानकारी दिए ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगोले अप्रिलमा इबोला महामारीको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेका बेला यहाँ नयाँ संक्रमित भेटिएको थियो । डिआरसी इबोलाबाहेक दादुरा र कोरोना महामारीसँग पनि जुधिरहेको छ । यो समाचार बीबीसी द न्यूर्योक टाइम्सले सम्प्रेषण गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि