जेठ ०५, २०८१, शनिबार
               

‘बहिनीको लागि फ्लाइट बुक गरेको समाचार गलत छ, कानूनी उपचार गर्छु’

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफ्नी बहिनीको लागि एउटा जहाज पूरै बुक गरेको भारतीय मिडियामा आएका समाचार गलत भन्दै त्यसको खण्डन गरेका छन् । गत शनिबार भारतीय मिडियामा त्यो समाचार चर्चाको विषयमा बनेको थियो ।

जसमा नायक अक्षय कुमारले आफ्नी बहिनी अल्का भाटिया र उनका दुई सन्तानका लागि मुम्बईबाट दिल्ली पठाउनका लागि पूरा फ्लाइट बुक गरेको बताइएको थियो । अब यो समाचार अक्षय कुमारले खण्डन गर्दै यसविरुद्ध कानूनी उपचार गर्ने बताएका छन् ।

अक्षय कुमारले आइतबार आफ्नो ट्वीटरमा लेखेका छन्, ‘मेरी बहिनी र उनका दुई बच्चाका लागि एक चार्टर विमान बुक गराएको समाचार सुरुदेखि अन्त्यसम्म गलत छ । बहिनीले लकडाउन पछि कतै पनि यात्रा गरेकी छैनन् । उनको एक मात्र सन्तान छन् । झुटो र मनगढन्ते समाचारका लागि कानूनी उपचार लिनेबारे विचार गर्दै छु ।’


कस्तो लाग्यो ?

यो पनि