जेठ ०५, २०८१, शनिबार
               

घटना दुःखद भएको पूर्वराष्ट्रपति ओबामाको टिप्प्णी

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्तिको हत्या गरेपछि अमेरिकाको मिनेपोलिस लगायतका सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ ।

मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन् । भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ । त्यसको केही मिनेटमा नै ४६ वर्षीय जर्ज फ्लोयडको मृत्यु भएको छ ।

यस घटनालाई लिएर अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उक्त घटना दुःखद रहेको बताएका छन् । यसले आफूलाई क्षतविक्षत बनाएको उनको भनाइ छ । अहिलेको अवस्थामा पनि यो कुनै पनि हिसाबमा सामान्य घटना नभएको उनको भनाइ छ ।

यो घटनाले अमेरिकी समाजमा हुने गरेको नस्लीय भेदभावलाई उजागर गरेको छ । अमेरिकामा प्रहरी अधिकारीको हातबाट कसैको ज्यान जाँदा सधैँ नै ठूलो मुद्दा बन्ने गर्छ । त्यसमा पनि कुनै जातिलाई लक्षित गरी भएको घटना भने झन् ठूलो हुनु स्वाभाविक हो ।

अमेरिकामा जातीय भेदभावको मुद्दा पनि अहिलेदेखिको होइन । निकै लामो समयदेखि चल्दै आएको यो मुद्दाको विषयमा बेलाबेलामा अमेरिकामा चर्चा हुने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि