जेठ ०५, २०८१, शनिबार
               

नेपाल–भारत सीमा विवाद वार्ताबाट हल हुन्छ : सिंह

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडाैं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताबाट हल हुने बताएका छन् । 

भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले यस्तो बताएका हुन्  ।

नेपाल–भारत सीमा लिपुलेकको विषयमा केही समस्या उत्पन्न भएको बताउँदै उनले त्यसलाई दुवै देश वार्तामा बसेर हल गर्ने बताए । 

सो अन्तरक्रियामा सिंहले सिंहले नेपाल– भारतबीच पारिवारिक सम्बन्ध रहेको पनि उल्लेख गरेका छन् । 

उनले यसअघि नेपालसँगै कुनै सल्लाह नगरी चीनको तिब्बतमा रहेको मानसरोबर जाने सडकमार्गको उद्घाटन गरेका थिए । 

सीमा विवादबारे यसअघि नेपालले पटकपटक कुरा उठाउँदै आए पनि बेवास्था गर्दै रक्षामन्त्री सिंहले सो बाटो उद्घाटन गरेका थिए । 

उनले सो मार्गको उद्घाटन गरेसँगै नेपालले पनि लिपुलेक, लिम्पियाधुरालगायत भूमि समेटी नेपालको नक्सा सार्वजनिक गरेको छ । 

सो नक्सालाई व्यवहारिक रुपमा उतार्नका लागि नेपालले आइतबार संविधान संशोधनको कार्यतालिका तय गरिसकेको छ । 
 

यो पनि