जेठ ०५, २०८१, शनिबार
               

यसकारण अर्बपतिको सूचीबाट हटिन् यी सुन्दरी

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

फोर्ब्स पत्रिकाले रियालिटी टेलिभिजन स्टार तथा युवा व्यवसायी काइली जेनरलाई अर्बपतिको सूचीबाट हटाएको छ । 

उनको परिवारले काइलीको कस्मेटिक व्यवसायको मूल्य अनाधिकृतरुपमा बढाएको पत्रिकाको आरोप छ । 

फोर्ब्सका अनुसार काइलीको परिवारले उनलाई वास्तविकभन्दा धनी देखाउन धेरै हतकण्डा अपनाएको थियो ।

यता, काइलीले भने ट्विटमार्फत फोर्ब्सको आरोप खण्डन गरेकी छिन् । 

उनले पत्रिकाको दाबीलाई ‘गलत बयान र अप्रमाणित धारणा’ भनेर खण्डन गरिदिएकी छिन् ।

‘मैले कहिले पनि कुनै उपमाको माग गरेकी थिइनँ न त त्यहाँसम्म पुग्न झुट नै बोलेकी थिएँ,’ उनले लेखेकी छिन् । उनले यतिबेला आफूसँग कति पैसा छ भनेर प्रमाणित गर्नुको साटो १०० वटा महत्त्वपूर्ण कामको सूची रहेको बताइन् ।

योसँगै सन् २०१९ मा फोर्ब्स पत्रिकाले उनलाई घोषणा गरेको ‘स्वनिर्मित’ अर्बपतिको उपमा खोसिएको छ । त्यतिबेला पनि काइलीलाई स्वनिर्मित अर्बपति घोषणा गरिएकोमा आलोचना भएको थियो । 

किनभने कार्डासियन परिवारमा उनलाई रियालिटी टिभी स्टारका रुपमा स्थापित गरिसकिएको थियो । सन् २०१५ मा काइलीले स्थापित गरेको काइली कस्मेटिक र काइली स्किनले गर्दा उनी अर्बपति बनेको बताइएको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

💚🧩🔫🐸🦖☘️

A post shared by Kylie 🤍 (@kyliejenner) on

गत वर्ष काइलीले आफ्नो कम्पनीको ५१ प्रतिशत सेयर कोटी कम्पनीलाई ६ सय मिलियन डलरमा बिक्री गर्न लागेको बताएकी थिइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

taco tuesday

A post shared by Kylie 🤍 (@kyliejenner) on

फोर्ब्सका अनुसार काइलीको परिवारले सन् २०१६ मा ३ सय मिलियन डलर कमाएको र अर्को वर्ष ३ सय ३० मिलियन डलर कमाएको जानकारी पत्रिकाले दिएको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

it’s getting hot out here @kylieskin

A post shared by Kylie 🤍 (@kyliejenner) on

तर, कोटी कम्पनीले साझा गरेको जानकारीमा काइलीको कम्पनीले उनको परिवारले दाबी गरेभन्दा निकै कम मात्र व्यापार गर्ने गरेको खुलेको थियो । उनको कम्पनीले सन् २०१८ मा मात्र १ सय २५ मिलियन डलरमात्र कमाइ गरेको कोटीले उल्लेख गरेको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@kylieskin available NOW 💗 KylieSkin.com

A post shared by Kylie 🤍 (@kyliejenner) on

यसअघि, पत्रिकाले अमेरिकी कमर्स सेक्रेटरी विल्बर रोस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सम्पत्ति धेरै देखाएको आरोप लगाएको थियो । -बीबीसी 


कस्तो लाग्यो ?

यो पनि