असोज ०६, २०८१, आइतबार
               

मुम्बईको पाँच तले भवनमा भीषण आगलागी, २५ डाक्टरको उद्धार

एजेन्सी
जेठ १५, २०७७

ADVERTISEMENT

मुम्बई । मुम्बईको एक पाँच तले भवनमा आगलागी भएको छ । यहाँबाट २७ व्यक्तिको उद्धार गरिएको छ । समाचार एजेन्सी पिटिआईले अधिकारीलाई उद्धृत गर्दै बचाइएका व्यक्तिमध्ये २५ जना डाक्टर भएको जानकारी दिएको छ । जुन भवनमा आगलागी भएको छ, त्यो एक होटल हो ।

फायर ब्रिगेडका अधिकारीका अनुसार मेट्रो सिनेमा नजिकैको होटल फर्च्युनमा बुधबार अबेर राती यस्तो दुर्घटना भएको हो ।

आगोमाथि नियन्त्रण पाइसकिएको छ । अधिकारीका अनुसार होटलको पहिलो तलाबाट सुरु भएको आगो तेस्रो तलासम्म फैलिएको थियो ।

विद्युतीय तारमा केही समस्या भएपछि यसबारे आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको अधिकारीले जानकारी दिएका छन् । यो सामग्री बीबीसीले प्रकाशन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि