बैशाख २४, २०८१, सोमबार
               

नेपाल-भारत सीमा विवादबारे बोले इमरान खान: 'भारत छिमेकी देशको लागि खतरा'

एजेन्सी
जेठ १४, २०७७

ADVERTISEMENT

नेपाल-भारतबीच जारी सीमा विवादको विषयमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले समेत मुख खोलेका छन् । 

पाकिस्तानका प्रधानमन्त्री खानले भारत छिमेकी देशको लागि खतरा भएको टिप्पणी गरेका छन् ।

भारतीय सञ्चारमाध्यम आजतकले इमरान खानले भारतीय छिमेकी राष्ट्र (नेपाल) को बाहानामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमाथि निशाना ताकेको उल्लेख गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लेखेका छन्, 'हिन्दुत्व सुप्रेमेसिस्ट मोदी सरकार अहंकार र पूर्ण विस्तारवादी नीतिका साथ भारत छिमेकी देशको लागि खतरा बनेको छ । बंगलादेशको नागरिकता संशोधन कानुनको विरुद्ध तथा नेपाल भारत चीनबीचको सीमा विवादमा भारत खतरा रुपमा पेश हुँदैछ ।'

इमरानले सामाजिक सञ्जालमा लेखेका छन्, 'भारतले कश्मीरमाथि अवैध कब्जा गर्न खोजेको र पाकिस्तानको हिस्सा रहेको कश्मीरमाथि दावी गरिरहेको छ । मैले सधैं भन्दै आएको छु मुस्लीमलाई दुई दर्जाको नागरिक बनाउने फासीवादी मोदी सरकार केबल भारतीय अल्पसंख्यकको लागि मात्र होइन, क्षेत्रीय शान्तिको लागि समेत खतरा छ ।'

गत ८ मेमा भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर लिंक रोडको उद्घाटन गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि