जेठ ०५, २०८१, शनिबार
               

भारत–चीन सीमा क्षेत्र लद्दाखमा पुनः विवाद उत्पन्न हुने संकेत

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

एजेन्सी । भारत–चीन सीमा क्षेत्र लद्दाखमा पुनः विवाद उत्पन्न हुने संकेत देखिएको छ । 

पछिल्लो समय चीन–भारत सीमा लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच पटक–पटक झडप हुँदा दुवै देशका कमान्डरले सो मुद्दा मिलाउने प्रयास गरिरहेका खबरहरु बाहिरिएका छन् । 

समाचार एजेन्सी एएनआईले भारतीय सेनाको ८१ र ११४ ब्रिगेड सेना तैनाथ क्षेत्र नजिकै चिनियाँ सेना पनि देखिएको उल्लेख गरेको छ । 

चिनियाँ सेना सो क्षेत्रमा थुप्रै सवारीसाधन लिएर नियन्त्रण रेखा नजिकैको पेनगोंग ताल पुगेको जनाइएको छ । 

चिनियाँ सेना गल्वान नाला क्षेत्रमा बसिरहेको भारतीय सेनाको पोस्ट के एम १२० भन्दा १५ किमि नजिक आइपुगेको जनाइएको छ । 

भारतीय सेनाले चिनियाँ सेनाले सो क्षेत्रमा बन्कर निर्माण गर्न लागेको र त्यसका लागि धेरै उपकरणहरुसमेत प्रयोग गरिरहेको आरोप लगाएको छ । 

यही क्षेत्रमा भारतीय सेनाले पेट्रोलिङ पोस्ट १४ नजिकै पुल निर्माण गरिरहेको छ । 

सो निर्माण कार्यको चिनियाँ सेनाले यसको विरोध गर्दै आएको छ । भारतीयले पोस्ट केएम १२० मा २ सय ५० जवान तैनाथ सो पोस्टमा भारतले थप सैनिक फोर्स थप्ने तयारी गरिरहेको छ ।

यसअघि दुई देशका सेनाबीच एक महिनामै ३ पटक झडप भएको थिए ।

मे ५ र ९ मा क्रमसः पूर्वी लद्दाख र उत्तरी सिक्किममा झडप भएको थियो भने  मे ९ मै  लद्दाखमा अर्को तनाव भएको थियो । 

केही दिनअघि चिनियाँ सेनाले भारतीय सेनाका जवानहरुलाई गस्ती गएका बेला बन्धक बनाएका समाचारहरु पनि बाहिरिएका छन् । 
तर, भारतीय सेनाले सो कुरा अस्वीकार गर्दै आएको छ । 
 

यो पनि