मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाली सुरक्षाकर्मीमाथि पुन: आक्रमण

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं  ।नेपाल–भारत सीमानामा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण भएको छ । 

झापाको कचनकवल गाउँपालिका–१ मा झापाको कचनकवल गाउँपालिका–१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि शुक्रबार पुन: भारतीय नागरिकले आक्रमण गरेका हुन् । 

चमारभिट्टास्थित सीमामा खटिएका सशस्त्र प्रहरी र सीमावर्ती भारतीय नागरिकबीच विवाद भएको हो ।

बिहान १० बजेतिर दशगजामा सशस्त्र प्रहरीका एक हवल्दारलाई भारतीय नागरिकले बाँसको लट्ठीले प्रहार गरेका थिए । उनको कानमा चोट लागेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि सशस्त्रका हवल्दारले प्रतिकार गरेका थिए । 

त्यस क्रममा भारतीय नागरिकलाई पनि चोट लागेको स्थानीय बोलोराम राजवंशीले जानकारी दिए ।

भारतको किसनगन्ज जिल्लाको जिलाबारी बस्तीका २५ वर्षीय युवकले दशगजा कटेर नेपालतर्फ गाईबस्तु बाँधेका थिए । नेपाली सुरक्षाकर्मीले नेपालतर्फ बस्तु नबाँध्न आग्रह गरेपछि उनले बाँसको लट्ठीले हानेका हुन् ।

लगत्तै भारतीय बस्ती जिलाबारीबाट घरेलु हतियारसहित करिब एक सयको संख्यामा मानिसहरू नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न दशगजातर्फ आएका थिए ।

तर, नजिकै रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले उनीहरूलाई तितरबितर पारेका थिए ।

सीमा क्षेत्रमा रहेका दुवै देशका सुरक्षाकर्मीबीच छलफल भई घटना साम्य पारिएको सशस्त्र प्रहरीका एसपी रमेशकुमार थक्सुले जानकारी दिए । यससहित जिल्लामा वैशाख २० यता भारतीय नागरिकद्वारा नेपाली सुरक्षाकर्मीमाथि चारपटक आक्रमण भइसकेको छ ।

६ दिनअघि पनि कचनकवल–१ को झन्डुबस्तीमा स्थापित सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका थिए ।

यो पनि