बैशाख १८, २०८१, मंगलबार
               

भारत र बंगलादेशमा यो विध्वंश, लाखौँ मानिस प्रभावित (तस्विरमा हेर्नुहोस्)

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

पूर्वी भारत र बंगलादेशमा चक्रवात अम्पनले गरेको विध्वंशबाट लाखौँ मानिसहरू प्रभावित भएका छन्।

अहिलेसम्म ८४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

शक्तिशाली आँधीले घरहरू भत्काउनुका साथै विद्युत् आपूर्ति प्रणाली बिगारिदिएको छ।

दुवै देशमा चक्रवातको सम्भावित मार्गमा पर्ने स्थानबाट लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

तर कोभिड-१९ महामारीका कारण स्थानान्तरण निकै कठिन भएको थियो। मानिसहरूबीच दूरी कायम राख्नुपर्ने भएकाले आश्रयस्थल व्यवस्थापन गर्न पनि समस्या भएको थियो।

धेरै मानिसले कोरोनाभाइरस सर्ने डरले आफ्नो घर छोड्न पनि नमानेको बताइन्छ।

विध्वंश

चक्रवात अम्पनको वेग १८५ किलोमिटर प्रतिघण्टासम्म थियो। त्यसबाट समुद्रमा पानीको सतह १५ फीटसम्म बढेको थियो।

तर अहिले उक्त समुद्री आँधीको वेग घटेको छ।

अम्पनलाई बङ्गालको खाडीमा सन् १९९९ पछि उत्पन्न भएका समुद्री आँधीमध्ये सर्वाधिक शक्तिशाली मानिएको छ।

भारतको पश्चिम बङ्गाल राज्यका तीनवटा जिल्लामा अम्पनले ठूलो विध्वंश गरेको छ।

बाङ्ग्लादेशमा हजारौँ घरहरू भत्किएका छन् तथा तटीय क्षेत्रका धेरै गाउँहरू डुबानमा परेका छन्।

भारत र बंगलादेशमा फैलिएको सुन्दरवन्स क्षेत्र प्रभावित भएको छ।

भारतको कोलकातामा पनि समुद्री आँधीले क्षति पुर्‍याएको छ। त्यहाँ सडकहरू जलमग्न भए र विद्युत् आपूर्ति घण्टौँसम्म अवरुद्ध भयो।

राज्यकी मुख्य मन्त्री ममता बनर्जीले कोलकातामा कोभिड-१९ले भन्दा समुद्री आँधीले ठूलो क्षति पुर्‍याएको बताएकी छन्।

 


कस्तो लाग्यो ?

यो पनि