जेठ ०७, २०८१, सोमबार
               

भारतमा एक लाख १२ हजारभन्दा बढी संक्रमित

एजेन्सी
जेठ ०८, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड–१९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ४३५ जना पुगेको छ । संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको छ ।  

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४५ हजार ३०० जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  

हाल भारतमा ६३ हजार ६२४ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।  

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३९ हजार २९७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । 

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १३ हजार ७९१ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । 

गुजरातमा १२ हजार ५३७ संक्रमति रहेका छन्  । दिल्लीमा ११ हजार ८८ जना कोरोना संक्रमित रहेका छन् । 

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  

कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । 

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  

भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताएका छन् । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने छ । 

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । 

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि