जेठ ०५, २०८१, शनिबार
               

६ करोड मानिस चरम गरिबीमा

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधिका कारण संसारभर करिब ६ करोड मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ ।

विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले १ सय मुलुकमा आपतकालीन अपरेसनका लागि विश्व बैंकले सहायता घोषणा गरेको बताएका छन् । यसबाट अन्य दाताहरूले पनि आफ्नो सहायता अगाडि लैजान मद्दत पुग्ने उनको विश्वास रहेको छ ।

गरिबीबाट बचाउन, स्वास्थ्य आपतकालिन आवश्यकताको परिपूर्ति गर्न, निजी क्षेत्रलाई सहयोग गर्न र अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन सहयोगी सावित हुने विश्वास लिइएको उनले जनाएका छन् ।

विश्व बैंकका अनुसार यस्तो सहायता ३९ अफ्रिकी मुलुकले पाउनेछन् । यसबाहेक द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान, चाड, हाइटी, नाइजरजस्ता मुलुक पनि समावेश छन् । विश्व बैंकले यस्तो सहायता ग्रुप मातहतका अन्तर्राष्ट्रिय वित्त निगमलगायत विभिन्न संस्थाबाट परिचालित गर्ने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि