जेठ ०६, २०८१, आइतबार
               

दिल्लीमा फेरि पनि भूकम्पको धक्का

एजेन्सी
बैशाख २८, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीम भूकम्पको झट्का महसुस भएको छ ।

आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको हो । एक महिनाको अवधीमा तेस्रो पटक भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ ।

रेक्टर स्केलमा भूकम्पको तीव्रता ३.५ बताइएको छ । भूकम्पको केन्द्रको गहिराई केवल २.९ किलोमिटर रहेको बताइएको छ ।

यसअघि १२ र १३ अप्रिलमा लगातार दुई दिन दिल्ली-एनसीआरमा भूकम्पको धक्का महसुस भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि