मंसिर ०७, २०८१, शुक्रबार
               

ओबामाले गरे राष्ट्रपति ट्रम्पको आलोचना

एजेन्सी
बैशाख २८, २०७७

ADVERTISEMENT

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् ।

कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पले चालेको  कदमप्रति उनले आलोचना गरेका हुन् ।

ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक निजी कुराकानीमा उनले जसरी अमेरिकाले यो महामारीसँग जुधिरहेको छ त्यसलाई पूर्ण रुपमा एक ‘अराजक–आपत्तियुक्त’ स्थिती बताएका छन् ।

उक्त कुराकानीको क्रममा पूर्व राष्ट्रपति ओबामाले नोभेम्बरमा हुने चुनावमा जो बिडेनको समर्थन गर्दै एउटा ठूलो भूमिका निर्वाह गर्न चाहेको बताए ।

ओबामा एलुम्नाई असोसिएसनका सदस्यसँगको करिब आधा घण्टाको उक्त कुराकानीमा विश्वव्यापी महामारीको यो समयले मजबुत सरकारको नेतृत्वको आवश्यकतालाई पुनः एकपटक स्मरण गराइदिएको उनले बताए । 

उक्त टेलिफोन वार्ता ओबामाका पूर्व कर्मचारीलाई बिडेनको चुनावी अभियानमा बढीभन्दा बढी सक्रिय रहन आग्रहसहित गरिएको थियो ।

‘आउँदै गरेको चुनाव अत्याधिक महत्वपूर्ण छ किनभने हामी विशेष एक व्यक्ति वा राजनीतिक पार्टीसँग संघर्ष गरिरहेका छैनौं,’ ओबामाले भने, ‘हामी जुन कुराविरुद्ध लडिरहेका छौं, त्यो दीर्घकालीन प्रवृत्ति हो जसमा –स्वार्थी हुनु, आदिवासी हुनु, विभाजित हुनु र अन्य व्यक्तिलाई दुश्मन देख्नु– यो अमेरिकी जीवनमा एक बलियो आवेग बनेको छ ।’

यो पनि