जेठ ०५, २०८१, शनिबार
               

इरानमा आएकाे भूकम्पका कारण १ जनाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

तेहरान । इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरू धेरै व्यक्ति घाइते भएका छन् । 

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान गएको बताए । 

अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार राजधानी तेहरानको उत्तरतर्फको डामावन्दलाई केन्द्रविन्दु बनाएर आएको भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा रहेको थियो ।

जनधनको क्षतिको विवरण संकलनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई परिचालन गरिएको इरानी गृह मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि