जेठ ०५, २०८१, शनिबार
               

लकडाउनः आठ घण्टाको संघर्षपछि बेहुलाले ल्याए बेहुली

एजेन्सी
बैशाख २६, २०७७

ADVERTISEMENT

भारतको पञ्जाब राज्यस्थित मुक्तसरको मलोटबाट श्रीगंगानगर हिँडेका बेहुलाले ८ घण्टा संघर्ष गरेपछि मात्र बेहुलीलाई घर ल्याउन सफल भएका छन् ।

बेहुला पक्षतर्फ श्रीगंगानगर जानको लागि पञ्जाब सरकारको अनुमति त थियो तर, लकडाउनका कारण राजस्थान बोर्डर सील भएपछि उक्त अनुमति खारेज गरियो ।

जसका कारण बोर्डरका अधिकारीहरुले बेहुलालाई श्रीगंगानगर प्रवेशको अनुमति दिन मानेनन् । 

त्यसपछि फेरि अनुमति प्राप्त गर्नको लागि बेहुला–बेहुलीलाई ८ घण्टा संघर्ष गर्नुपर्‍यो । 

घटनाको केमिस्ट्री यस्तो थियो कि, बेहुला राजस्थान बोर्डरमा अफिसर्र्स (अधिकारी) हरुलाई मनाउन लागे र बेहुली उता सचिवालयमा अनुमति लिन पुगिन् ।

बिहीबार बिहान १० बजे मलोटबाट आमा तारदेवीको साथमा बेहुला अक्षय कुमार शेरवारी पहिरिएर बेहुली लिन पुगेका थिए ।

उनले आफूसँग भएको अनुमति पत्र देखाए । तर बोर्डरमा थप कडाइ गरिएको भन्दै उक्त अनुमति खारेज भइसकेको बोर्डरमा खटिएका सुरक्षाकर्मीले जानकारी दिए । त्यसपछि हैरान भएका बेहुलाले बेहुली पक्षलाई र आफ्ना परिचितहरुलाई फोन गरेर घटनाको बारेमा जानकारी गराए । 

दिउँसो ३ बजेपछि मात्र उनले अनुमति पाए । उनको डोलीसहितको कारलाई राजस्थान प्रवेशको अनुमति दिइयो । स्वास्थ्य विभागको टिमले उनीहरुको स्क्रिनिङ गरेर पठाएको थियो ।

बेलुका सवा ५ बजे मात्र बेहुला (आमासँग) बेहुलीको घर पुगे । बेहुलाकी सालीले घरको मुख्य प्रवेशद्वारमा रिबन काट्ने कार्यक्रम आयोजना गरिन् । अनि मात्र बेहुला बेहुलीको घरभित्र प्रवेश गरे ।

पौने ६ बजे घरको छतमा बनाइएको मण्डपमा बेहुला-बेहुलीले सात फेरा लिए र बेहुलाले बेहुलीलाई घर लिएर आए ।


कस्तो लाग्यो ?

यो पनि