मंसिर ०७, २०८१, शुक्रबार
               

प्रमाणित नभएका औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

कुनै पनि प्रमाणित नभएका औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले  चेतावनी दिएको छ । माडागास्करका राष्ट्रपति एन्ड्री रोजाइलिनाले कोरोना भाइरसका बिरामीको उपचारका लागि ‘हर्बल टनिक’ प्रयोग गर्न भनेपछि विश्व स्वास्थ्य संगठनले यस्तो बताएको हो । राष्ट्रप्रमुख रोजाइलिनाले कोभिड–अर्गानिक्सबाट पहिले नै दुईजना मानिस निको भइसकेको दाबी गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले एक  विज्ञप्तिमा भनिएको छ– ‘अफ्रिकीहरू बाँकी विश्वका मानिसजस्तै परीक्षण गरी औषधि प्रयोग गर्न योग्य छन्् उपचार परम्परागत र प्राकृतिक हो भने पनि यसको क्लिनिकल परीक्षण गरेर प्रभावकारिता र सुरक्षा स्थापित गर्न आवश्यक छ,

यस्तै, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि मानिसलाई अप्रमाणित औषधि प्रयोग नगर्न चेतावनी दिएको छ । यसैबीच, अफ्रिकी युनियनले वनस्पतीय उपचारका लागि उत्पादनको सुरक्षा र दक्षताबारे मदागास्करसँग छलफल गरेको जनाएको छ । 

विश्व स्वास्थ्य संगठनको चेतावनीका बीच पनि गिनी बिसाउ, तान्जानिया, इक्वटोरियल गिनी र लाइबेरियाजस्ता धेरै अफ्रिकी देशले कोभिड अर्ग्यानिक्स आयात गर्न खोजेका छन् । जसमा आर्टेमिसिया प्लान्ट समावेश गरिएको छ र यो विशेष गरेर मलेरियाको उपचारका लागि प्रयोग गरिन्छ ।

अप्रिलमा पत्रकार तथा कूटनीतिज्ञसँगको अनलाइन बैठकमा रोजाइलिनाले यस हर्बल टोनिकले सात दिनभित्र नतिजा दिने बताएका थिए । 
मलेरियाको उपचारका लागि आर्टेमिसिया सन् १९७० मा चीनबाट ल्याइएको थियो । हाल यो बोतलमा राखेर हर्बल टिको रूपमा बजारमा पाइन्छ । 

अफ्रिकाका महादेशमा ४७ हजार एक सय ३१ जना संक्रमित भएका छन् भने एक हजार आठ सय ४५ जनाको ज्यान गएको छ । भाइरसबाट संक्रमितमध्ये १५ हजार सात सय ९६ जना उपचार निको भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि