असोज ०६, २०८१, आइतबार
               

रक्सी किन्नेको भिड, १० घण्टाभित्र सय करोडको रक्सी बिक्री

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

पश्चिम बंगालमा १० घण्टाभित्र सय करोड भारतीय रुपैयाँ भन्दा बढीको रक्सी बिक्री भएको छ । यो नयाँ रेकर्ड हो ।

लकडाउन अघि यस राज्यमा साधारणतया दैनिक औसतमा ४० देखि ४५ करोड भारुको रक्सी बिक्री हुन्थ्यो । मंगलबार मात्रै ६५ करोड बढीको रक्सी बिक्री भएको बताइएको छ ।

रक्सी पसलमा मानिसहरुको निकै भीड लागेको छ ।

कोरोनासँग जुध्नका लागि पैसा जुटाउनका लागि राज्य सरकारले रक्सीमा ३० प्रतिशत अतिरिक्त बिक्री कर लगाएको छ ।

पश्चिम बंगाल सरकारले दुई दिनमा रक्सीको बिक्रीबाट राजस्वमा  बम्पर वृद्धि भएको जानकारी दिएको छ । 

आयकर विभागका एक अधिकारीले भने, ‘रक्सीको बिक्रिमार्फत् सरकारलाई ६० करोडको राजस्व प्राप्त भएको छ ।’

मानिसहरु निकै लामो समय पैदल हिँडेर रक्सी खरिद गर्न पुगेका छन् । केही स्थानमा भीड नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज समेत गरेको थियो।

सरकारले प्रति व्यक्तिलाई दुई बोतल रक्सी बेच्ने निर्देशन दिएको छ । कुनै स्थानमा त परिवारका सबै सदस्य नै लाइनमा बसेका थिए ।

यसैबीच, रक्सीको पसलमा भीड कम गर्नका लागि थोक विक्रेता सरकारी वेस्ट बंगाल बेवरेज कर्पोरेशनले ई–रिटेल र होम डेलिभरीका लागि एउटा नयाँ पोर्टल बनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि