असोज ०६, २०८१, आइतबार
               

कपाल काट्न नमानेपछि नाईको हत्या

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

बिहार । कोरोना भाइरस संक्रमणको जोखिमका बीच भारतमा लकडाउन जारी छ । 

लकडाउनका कारण सैलुन, स्पा सबै बन्द गरिएको छ । यसैबीच भारत, बिहारको बांका जिल्लामा एक हजाम (नाई) को हत्या भएको छ ।

अमरपुर थाना क्षेत्रको मैनमा गाउँका दिनेश ठाकुरको कुटपिट गरि हत्या गरिएको हो । उनको शव खेतमा फेला परेको थियो ।

खबरअनुसार, नाईले कपाल-दाह्री काट्न नमानेपछि उनको हत्या भएको हो ।

प्रहरीका अनुसार घटनाका आरोपीको खोजी भइरहेको छ । यो घटना उक्त गाउँको हो, जहाँ पछिल्लो पटक २३ जनाको कोरोना स्याम्पल लिइएको थियो ।

मृतककी श्रीमती मुसादेवीका अनुसार गाउँका केही व्यक्तिले आफ्ना पतिलाई कपाल-दाह्री काट्न भनिरहेका थिए ।

तर लकडाउनका कारण ठाकुरले कसैको पनि कपाल-दाह्री नकाट्ने बताउँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि