बैशाख २३, २०८१, आइतबार
               

उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

एजेन्सी
बैशाख २१, २०७७

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ।

मृत्युका हल्लाबीच उत्तर कोरियाका शासक किम जङ अन सार्वजनिक भएको २४ घण्टा पुग्दा नपुग्दै दुई कोरियाको भूभाग छुट्ट्याउने क्षेत्रमा गोली हानाहान भएको हो।

सुरुमा उत्तर कोरियाका तर्फबाट थुप्रै गोली हानिएपछि जवाफमा पनि आफूले गोली चलाएको दक्षिण कोरियाली सेनाले जनाएको छ। तर के कारणले गोली  हान्न सुरु गरियो भन्ने खुलेको छैन।

सैन्य हटलाइनमार्फत उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको जोइन्ट चिफ अफ स्टाफ (जेसीएफ) ले जनाएको छ। सम्पर्क स्थापित भएपछि मात्रै गोली हान्नुको कारण खुल्ने बताइएको छ।

घटनामा कुनै हताहती वा क्षति नभएको बीबीसीले जनाएको छ।

उत्तर कोरियाली सैनिकले दक्षिण कोरियातिर सीधै गोली चलाएको पछिल्लो ५ वर्षपछिको यो नै पहिलोपटक भएको बताइएको छ।

यो पनि