जेठ ०६, २०८१, आइतबार
               

कोरियाली नेता किम जोङ सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प हौसिए

एजेन्सी
बैशाख २१, २०७७

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरियाली शक्तिशाली नेता किम जोङ उन जीवित रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुशी व्यक्त गरेका छन् ।

उत्तर कोरियाको राष्ट्रिय मिडियाले जारी गरेको सुचोन फोस्फटिक फर्टिलाइजर फ्याक्ट्रीमा रिबन काटेको किमको तस्विर राष्ट्रपति ट्रम्पले रिट्वीट गरेका हुन् । 

तीन हप्तासम्म सार्वजनिक कार्यक्रममा नदेखिएपछि किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी गरिएको थियो ।  

जोङ उन आफ्नी बहिनी किम यो जो र धेरै विशिष्ट अधिकारीसँग थिए भने जब उनी अगाडि आए, कार्यक्रममा उपस्थित सबैले तालीको गडगडाहटले किम जोङको स्वागत गरेका थिए । 


 


कस्तो लाग्यो ?

यो पनि