बैशाख २५, २०८१, मंगलबार
               

आखिर सार्वजनिक ठाउँमा देखिए किम जोङ उन

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन सार्वजनिक ठाउँमा देखिएको उत्तर कोरियाली सरकारी मिडियाले जनाएको छ । पछिल्लो धेरै दिनदेखि किम जोङ नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका आशंका उब्जिएका थिए । केसीएनए समाचार एजेन्सीको रिपोर्ट अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरेका छन् ।

स्रोतका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले किम जोङको स्वागत गरेका थिए । केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र धेरै विशिष्ट अधिकारीसँग थिए ।

यसअघि उनी अप्रिल १२ मा सार्वजनिक रुपमा देखिएका थिए । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका किम जोङ गम्भीर बिरामी भएको ठूलो आशंका गरिएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि