एजेन्सी । भारत, उत्तर प्रदेशको देवरिया जिल्लामा एक किशोर घरको छतमा खेलिरहेका थिए ।
शनिबार साँझ घरको छतमा खेलिरहेका १५ वर्षीय किशोर पिलरमा रहेको फलामको रडमाथि खसे । रड उनको घाँटी र चिउडोको बीचबाट पसेर मुखबाट निस्किएको छ ।
घटनालगत्तै उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । तर, त्यहाँबाट उनलाई गोरखपुर मेडिकल कलेज रेफर गरियो ।
गौरीबजार थाना क्षेत्रका रामलखन राजधरका छोरो राज लकडाउनका कारण घरमै खेल्दै थिए । यसक्रममा सो घटना भएको हो ।
खेल्ने क्रममा उनी अनियन्त्रित भएर पिलरको रडमा खस्न पुगेका थिए ।
गोरखपुर मेडिकल कलेजमा उनको उपचार भइरहेको छ ।