जेठ ०७, २०८१, सोमबार
               

भारतमा ६ वर्षीया बालिका बलात्कृत, आँखासमेत फुटाइदिए

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

एजेन्सी । लकडाउनको समयमा भारतको मध्यप्रदेशमा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेपछि बलात्कारीहरुले उनको आँखासमेत फुटाइदिएको बताइएको छ ।

यो मध्यप्रदेश राज्य, दमोह जिल्लास्थित बंशीपुर गाउँमा भएको घटना हो । बालिकाले नचिनुन् भनेर बलात्कारीले आँखा फुटाइदिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बुधबार दिउँसो साथीहरुसँग खेल्न घर बाहिर निस्किएकी ती बालिका घर नफर्किएपछि खोजी सुरु भएको थियो । बिहीबार बिहान घरभन्दा केही पर सुनसान स्थानमा ती बालिका फेला परेकी थिइन् । बालिकाको दुवै हात बाँधिएका थिए र आँखामा गम्भीर चोट थियो ।

घाइते बालिकालाई दमोह जिल्ला अस्पतालमा उपचार गर्न लगिएको थियो । उक्त अस्पतालले थप उपचारका लागि मेडिकल कलेज जबलपुरमा रेफर गरेको छ ।

त्यहाँका प्रहरी प्रमुख हेमन्त चौहानका अनुसार, बालिकाको धेरै स्थानमा चोट छ । घटनाको अनुसन्धानका लागि २१ वर्षीय सचिन सेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।

प्रहरीका अनुसार ती बालिकाको दृष्टि गुमेको वा नगुमेको भन्ने एकिन अझै भएको छैन । उनका दुवै आँखा सुन्निएका छन् । आँखामा कति क्षति पुगेको छ भन्ने एकिन हुन सकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि