कात्तिक ३०, २०८१, शुक्रबार
               

तेल किन्दा उल्टै पैसा पाइने !

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ। पछिल्लो समय  तेलको भण्डारणमा समस्या भएपछि तेल उत्पादक देशहरूले उल्टै पैसा दिएर तेल लैजान अनुरोध गर्न थालेका छन् । भण्डारणका लागि ठाउँ अभाव भएकाले तेल उत्पादक देशहरूले खपत गर्ने देशहरूलाई पैसा दिएर भए पनि तेल लैजान भनिरहेका छन्।

वेस्ट टेक्सस इन्टरमिडियट (डब्लुटिआई), जसलाई अमेरिकी तेलको बेन्चमार्क मानिन्छ, त्यसमा मूल्य घटेर प्रतिब्यारेल माइनस ३७.६३ डलरमा झरेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशतले घटेर २६ डलर प्रतिब्यारेल भएको छ।

कोरोना भाइरस (कोभिड-१९)ले विश्वभर महामारी रूप लिएपछि तेलको मागमा कमी आएपछि मूल्यमा इतिहासकै सबैभन्दा बढी गिरावट आएको हो। तेलको माग घटेको र भण्डारको क्षमता कम भएकाले तेलको मूल्य अत्यधिक घटेको विज्ञहरूको भनाइ छ।


कस्तो लाग्यो ?

यो पनि