एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ ऊन गम्भीर बिरामी भएका छन् ।
अमेरिकी अधिकारीले गुप्तचरको सूचना अनुसन्धान गर्दा शल्यक्रियापछि किमको स्वास्थ्यमा गम्भीर खतरा देखिएको सीएनएनले उल्लेख गरेको छ ।
किम अप्रिल १५ मा आयोजना भएको हजुरबुवाको जन्मदिनको कार्यक्रममा सरिक नभएपछि उनको स्वास्थ्यबारे चासो दिन थालिएको थियो । उनी अप्रिल ११ मा आयोजित बैठकमा उपस्थित भएका थिए ।
किमको स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने बारे भने थाहा हुन सकेको छेन ।
उत्तर कोरियाबारे विशेष चासो राख्ने दक्षिण कोरियाको अनलाइन पोर्टल डेली एनकेले किमको मुटुमा समस्या भएको जनाएको छ ।
अत्यधिक धुम्रपान, मोटोपना र धेरै काम गर्ने बानीका कारण उनको मुटुमा समस्या देखिएको बताइएको छ । उनको ह्याङसान काउन्टीमा थप उपचार भइरहेको बताइएको छ ।