जेठ ०२, २०८१, बुधबार
               

प्रहरीको गाडीमा चढेर अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १३ को मृत्यु

एजेन्सी
बैशाख ०८, २०७७

ADVERTISEMENT

बीबीसी । क्यानडामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा महिला पुलिस अधिकारीसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

प्रहरीको पोसाक लगाएका एक व्यक्तिले नोभा स्कोटिया प्रान्तमा अन्धाधुन्ध गोली चलाएका थिए ।

१२ घण्टासम्म त्यस क्षेत्रमा तनाव भएको र पछि आक्रमणकारी कारमा फरार भएको बीबीसीले जनाएको छ ।

नोभा स्कोटिया ग्रामीण शहरमा बन्दुकधारी शनिबार राति प्रवेश गरेको भन्ने सूचना पाएपछि प्रहरीले त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको थियो ।

बन्दुकधारीले प्रहरीले प्रयोग गर्ने कारमा चढेर नोभा स्कोटियाका विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली चलाएको बीबीसीले जनाएको छ । तसर्थ मृतकको अन्तिम संख्या अझैसम्म प्राप्त नभएको प्रहरीले बताएको छ ।

आक्रमणकारी ५१ वर्षीय ग्याबरिएल बोर्टम्यान भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि