जेठ ०३, २०८१, बिहीबार
               

क्यानडामा बन्दुकधारीद्वारा १३ जनाको हत्या

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर १३ जनाको हत्या गरेका छन् ।

ती आक्रमणकारीको पनि सुरक्षाकर्मीको कारबाहीमा मृत्यु भएको छ । क्यानडाको नोवा स्कोटियाको पोर्टापिकमा बन्दुकधारी पसेपछि सुरक्षाकर्मीले स्थानीयलाई सचेत गराएका थिए । १२ घण्टामा बन्धुकधारीले १३ जनाको ज्यान लिएपछि प्रहरीसँग उनको इन्काउन्टर भएको थियो । लुक्दै-भाग्दै मानिसमाथि आक्रमण गर्दै आएका उनलाई अन्तत् प्रहरीको गोली चलाउनु परेको थियो । 

आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको जनाएको छ । उनी प्रहरीको जस्तो गाडी प्रयोग गरेका थिए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई भयानक र क्रूर भन्दै इतिहासमा सबैभन्दा दुःखद घटना भनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि