जेठ ०५, २०८१, शनिबार
               

जब इन्जिनियर निर्घात कुटिए...

एजेन्सी
चैत २६, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वभर अहिले कोरोना भाइरसको महामारी फैलिएको छ । भारतमा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

यस संकटको समयमा महाराष्ट्रस्थित ठाणे शहरमा एक व्यक्ति (सिभिल इन्जिनियर) निर्घात कुटिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरेको निहुँमा मन्त्रीका समर्थक तथा प्रहरीले आएर आफूलाई कुटपिट गरेको ती इन्जिनियरले आरोप लगाएका छन् ।

ठाणे शहरमा बस्दै आएका अनन्त करमूसे भने, 'फेसबुक पोस्टलाई लिएर महाराष्ट्र सरकारका मन्त्री जितेन्द्र अव्हाडका समर्थकहरु आएर ममाथि कुटपिट गरे ।'

उनले प्रहरीसमक्ष उजुरी दिएका छन् । कुटपिटपछिको उनको एक तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइहरेको छ । कुटपिटबाट उनको ढाडमा निकै चोट लागेको छ ।  

अनन्तले भने, 'म घरमा बसिरहेको थिएँ । दुई जना प्रहरी आए । उनीहरुले मलाई महाराष्ट्र सरकारका मन्त्री जितेन्द्र अव्हाडको घर लगे । त्यहाँ मन्त्रीका समर्थकहरुले ममाथि निर्घात कुटपिट गरे ।'

यस घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ । मन्त्री तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।  


कस्तो लाग्यो ?

यो पनि