जेठ ०१, २०८१, मंगलबार
               

लकडाउनः एक युवाले गरे आत्महत्या एक युवक नाङ्गै निस्किए

एजेन्सी
चैत १६, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको गुजरातमा लकडाउनबाट घर बाहिर निस्कन नपाएपछि एक युवकले आत्महत्या गरेका छन् । 

त्यस्तै तमिलनाडुमा एक युवकले महिलाको हत्या गरेका छन् ।

गुजरात जामनगरका २१ वर्षीय एक युवक कौशिक मन्डेराले आत्महत्या गरेका हुन् । उनी राजकोटमा मजदुरी गर्दै आएका थिए ।

उनी लकडाउनमा आफ्नो घर जामनगर गएका थिए । उनी घरबाट बाहिर निस्कन पाएका थिएनन् । 

युवकका बुबाका अनुसार, उनी घरबाहिर निस्कन नपाउँदा निकै तनावमा थिए । 

रातको समयमा घरका अरु सदस्य सुतिरहेको समयमा उनले पासो लगाएर आत्महत्या गरेका हुन् ।

युवक नग्न अवस्थामा निस्किए

उता तमिलनाडुको थेनी जिल्लामा होम क्वारेन्टाइनमा रहेका एक ३२ वर्षीय युवक घरबाहिर निस्किए । 

३२ वर्षीय मणिकन्दनले छिमेकी एक वृद्धा महिलालाई टोकेर हत्या गरिदिए । केही दिनअघि उनी श्रीलंकाबाट फर्किएका थिए ।

त्यसपछि उनी घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए । त्यहाँको प्रहरीका अनुसार, युवक नग्न अवस्थामा घरबाट निस्किएका थिए । 

उनले छिमेकी महिलालाई टोकेका थिए । पछि उक्त महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मणिकन्दनलाई पक्राउ गरेको छ । उनको मानसिक अवस्थाको बारेमा समेत जाँच गरिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि