जेठ ०२, २०८१, बुधबार
               

बिरालोमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

एजेन्सी । मानिसमा विश्वभर फैलिएको कोरोना भइरसले त्रसित भइरहेका बेला चारखुट्टे जनावर एउटा बिरालोमा पनि कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको छ ।

कोरोना भाइरसबाट संक्रमित उक्त बिरालो आफ्नो मालिकबाट संक्रमित भएको अधिकारीहरूले जनाएका छन् ।

बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोरोनाबाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि त्यसको लक्षण देखिएको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको बताइएको छ ।

बिरालोमा कोरोना भाइरस संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुई वटा कुकुरमा कोरोना संक्रमण देखिएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि