जेठ ०१, २०८१, मंगलबार
               

लकडाउनमा बाहिर निस्किएपछि दाजुले गरे भाईको हत्या

एजेन्सी
चैत १५, २०७६

ADVERTISEMENT

एजेन्सी । लकडाउनको क्रममा घरबाट निस्किएको भन्दै एक जनाले आफ्नै भाइको हत्या गरेका छन् । 

मुम्बईको कान्दिवली इस्ट इलाकामा बस्ने २८ वर्षीय राजेश ठाकुरले गत बुधबार आफ्नो २१ वर्षीय भाइ दुर्गेशको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार राजेशले दुर्गेशलाई लकडाउनको समयमा घरबाट ननिस्कन निर्देशन दिएका थिए । तर, दुर्गेश घरबाट निस्किए ।

राजेश मुम्बईमा आफ्नो पत्नीसँग बस्थे भने दुर्गेश पुणेमा वेटरको काम गर्दै आएका थिए । 

लकडाउनका कारण एक हप्ताअघि दुर्गेशले आफ्नो जागिर गुमाएका थिए । त्यसपछि उनी मुम्बई आएर राजेशसँग बस्न थालेका थए ।

लकडाउनमा राजेशले उनलाई घरबाट बाहिर ननिस्कन भनेका थिए । तर, दुर्गेश अटेर गर्दै बाहिर निस्केपछि दुईबीच झगडा भयो । 

राजेशले दुर्गेशको टाउकोमा भाँडाले प्रहार गर्दा उनी घाइते भएका थिए । 

उनलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । 

राजेशलाई प्रहरीले पक्राउ गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि