बैशाख १७, २०८१, सोमबार
               

लकडाउनका कारण अलपत्र परेका युरोपियन क्युआर ७४८२ एयरवेजमार्फत फिर्ता

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं ।  लकडाउनका कारण नेपालमा फसेका युरोपियन नागरिक युरोप फिर्ता भएका छन् । 

शुक्रबार दोहाबाट आएको कतार एयरवेजको उडान नम्बर क्युआर ७४८२ एयरवेजको जहाजमार्फत ३०७ युरोपेली नागरिक काठमाडौंबाट त्यसतर्फ फिर्ता भएका हुन् । 

यसरी कतार एयरवेजबाट युरोप फर्कनेमा  २६० जर्मनसहित ३०७ युरोपियन छन् । 

नेपालबाट युरोपतर्फ फर्किन लागेका सबै नागरिकलाई आवश्यक जाँचपछि विमानस्थल लगिएको थियो । 

अध्यागमन प्रमुख सागर आचार्यले उताबाट जहाज रित्तै आई काठमाडौं आई युरोपियन यात्रु लिई कतारको जहाज काठमाडौंबाट बिहान ११ बजेर ५० मिनेटमा उडेको बताए । 

युरोपियन नागरिकलाई त्यसतर्फ लैजान नेपालले सबैखाले सहयोग गरेको अध्यागमन विभागले जानकारी दियो । 

लकडाउनका कारण नेपालमा फसेका युरोपियन नागरिकलाई स्वदेश लैजानका लागि जर्मन तथा फ्रेन्ज दूतावासले विमान चार्टड गरेका हुन् ।

यो पनि