जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाबाट अमेरिकामा ९ सयभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

एजेन्सी  । कोरोना भाइरसको संक्रमणले अमेरिकामा तीव्र गति लिएसँगै पछिल्लो समय मृत्यु हुनेको संख्या ९ सयभन्दा बढी पुगेको छ । पछिल्लो समय अमेरिकामा २४ घण्टामा ६४ जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेको कुल संख्या ९ सय ४४ पुगेको जनाइएको छ । अमेरिकाको न्यूयोर्क विश्व महामारीको अर्को केन्द्र बन्न सक्नेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् । न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइसकेको छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार मात्रै अमेरिकामा ११ हजार १९१ जना नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ६६ हजार ४८ पुगेको छ । तीमध्ये ३९४ जना पूर्ण रुपमा निको भइसकेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि