जेठ ०१, २०८१, मंगलबार
               

पाकिस्तानद्वारा कोभिड-१९ आपत्‌कालीन कोषलाई सार्क सचिवालयमातहत राख्न माग

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौं । पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेसीले  कोभिड १९ आपत्‌कालीन कोषलाई सार्क सचिवालयमातहत राख्न र काषको परिचालन कार्यविधि छलफलमार्फत् चाँडोभन्दा चाँडो टुंग्याउन माग गरेका छन् ।

कुरेसीले बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनसँगसँग कुराकानी गर्दै यस्तो माग गरेका हुन् । 

हाल उक्त कोषमा भारतले एक करोड अमेरिकी डलर दिने घोषणा गरेका छ भने नेपालले १० करोड दिने घोषणा गरेको छ ।

त्यसैगरी अन्य सार्क मुलुकले पनि उक्त कोषका लागि रकम घोषणा गरिसकेका छन् । तर, पाकिस्तानले उक्त कोषका लागि रकम छुट्याएको छैन । 

कोरोनाविरुद्ध लड्न भन्दै कन्फरेन्समा दक्षिण एसियाली मुलुकका सबै राष्ट्र प्रमुख सहभागी भएका थिए । तर, पाकिस्ताबाट भने राष्ट्र प्रमुखको सट्टा पाकिस्तान सरकारका स्वास्थ्य राज्यमन्त्री जफर मिर्जा सहभागी भएका थिए । 

क्षेत्रीय सहयोगका लागि सार्क महत्वपूर्ण मन्च बनाउनुपर्ने बताउँदै  उनले फोनवार्तामा  कोभिड–१९ नियन्त्रणमा केन्द्रित हुन सदस्य राष्ट्रहरु र दातृ निकायहरुबीच समन्वय गर्दै स्वास्थ्यमन्त्रीहरुबीच भिडियो कन्फरेन्सका लागि जोड दिएका छन् । 

तर, पाकिस्तानको कोभिड–१९ कोषलाई सार्क सचिवालयमातहत ल्याउनुपर्ने पछिल्लो मागका सम्बन्धमा भारतले केही प्रतिक्रिया दिएको छैन । 

गत १५ मार्चमा सार्क सदस्य राष्ट्रका प्रमुख र उच्च अधिकारीहरुबीच भएको भिडियो कन्फरेन्समा कोषको घोषणा भएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेको उक्त कोषमा अन्य मुलुकले समर्थन जनाएका थिए ।

यो पनि