जेठ ०२, २०८१, बुधबार
               

कन्टेनरभित्र ६४ पुरुषको शव

एजेन्सी
चैत १२, २०७६

ADVERTISEMENT

एजेन्सी । मोजाम्बिकमा एउटा कन्टेनरभित्र ६४ पुरुषको शव फेला परेको छ ।

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग ‘आइओएम’ले यो खबर सार्वजनिक गरेको हो ।

बाहिरबाट बन्द गरिएको कन्टेनरलाई टेटेस्थित एक चेकप्वाइन्टमा सुरक्षा जाँचका क्रममा खोलेर हेर्ने क्रममा शवहरु फेला परेको हो । 

आइओएमका अनुसार १४ जनाको भने उद्धार गरिएको छ । स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई स्थानीय अस्पतालमा पठाइएको छ ।

उद्धार गरिएकाहरुका अनुसार उनीहरु इथियोपियाबाट दक्षिण अफ्रिका जाँदै थिए । 

कन्टेनर चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । 

चालकका अनुसार उसलाई ती व्यक्ति लगिदिएबापत करिब पाँच सय डलर दिने भनिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि