जेठ ०१, २०८१, मंगलबार
               

इटलीमा मृतकको संख्या ५,४७६ पुग्यो

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसले सबैभन्दा धेरै इटलीमा क्षती पुर्याएको छ । इटलीले आफ्नो देशको स्थिती हेरेर अन्य देशले पाठ सिक्न आग्रह गरेको छ ।

कोरोना भाइरसको उत्पत्ति चीनमा भएपनि यसले चीनमा भन्दा इटलीमा विध्वंस मच्चाएको छ । चीनमा गत वर्ष नोभेम्बरमा यो भाइरसको उत्पत्ति भएको थियो ।  

कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६ सय ५१ को मृत्यु भएको छ । यससँगै मृतकको संख्या पाँच हजार ४ सय ७६ पुगेको छ ।

शनिबार यहाँ ७ सय ९३ को मृत्यु भएको थियो । कोरोना भाइरसको संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि